Monday, February 15, 2016

विप्लब माओवादी छाडेर नयाँ शक्ति प्रवेश

भक्तपुर,फागुन ३ । भक्तपुरमा नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादी छाडेर नयाँ शक्तिमा २० जना नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । भक्तपुरको रफत क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा माओवादी राज्य समिति सदस्य तथा अखिल नेपाल किसान संघ (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष टि.पी. उप्रेतीको नेतृत्वमा २० जनाले माओवादी पार्टी परित्याग गरि नयाँ शक्ति प्रवेश गरेका हुन् । नयाँ शक्ति प्रवेश गरेको घोषणा गर्दै उप्रेतीले हातमा बम र काँधमा बन्दुक बोकेर क्रान्ति सफल नहुने र देश विकास पनि नहुने निष्कर्ष निकाल्दै विप्लब नेतृत्व माओवादी परित्याग गरेर नयाँ शक्ति प्रवेश गरेको बताउनुभयो ।

पार्टी प्रवेशको क्रममा नेकपा माओवादीका जिल्ला सदस्य धु्रर्व अधिकारी, शंकर थापा, विष्णु आलेमगर सहित माओवादीमा लामो समय रहेका जिल्लाका युवा नेताहरुले समेत माओवादी परित्याग गरेर नयाँ शक्ति प्रवेश गरेको घोषणा गर्नुभएको छ । पत्रकार सम्मेलनमा नयाँ शक्तिका केन्द्रीय सदस्य निर्मल भट्टराईले स्वागत गर्दै देश विकास र सम्बृद्धिका लागि जनता माझ गएर नयाँ शक्तिले जनताको काम गर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts