Thursday, February 11, 2016

फ्रि भिसा र टिकटको नाममा कमाउधन्दा,कागजमा फ्रि तिर्दा ५० हजार देखी २ लाख

काठमाडौं,माघ २९ । गत असार १० गते श्रम मन्त्रालयले एक सूचना जारी गर्दै फ्रि भिसा र फ्रि टिकटमा न्यूनतम लागतमा कामदार विदेश पठाउने निर्णय गरे पनि प्रभावकारी हुन सकेन । सरकारले म्यानपावर व्यवसायीहरुको चर्को विरोधका बाबजुद पनि श्रम तथा रोजगार मन्त्रालयले असार २१ गतेदेखि फ्रि भिसा र  टिकटको निर्णय गरेको थियो ।

सरकारले मलेसियाका ट वटा खाडी मुलुकमा सेवा शुल्क १० हजारमा वैदेशिक रोजगारमा कामदार पठाउने निर्णय गरेको थियो । बहराइन, कतार, साउदी अरब, दुबई, ओमान, कुबेत र मलेसियामा काम गर्न जाने कामदारहरुका लागि गरिएको निः शुल्क भिसा र टिकटको व्यवस्था हुन नसक्दा सरकारी निर्णय हावादारी सावित भएको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts