Tuesday, February 9, 2016

कांग्रेस नेतृत्व दुई दशकपछि कोइराला परिवारबाहिर

काठमाडौं,माघ २७ । कांग्रेस सभापति सुशील कोइरालाको निधनसंगै पार्टीको नेतृत्व दुई दशकपछि कोइराला परिवारबाट बाहिर आएको छ। विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वत: कार्यबाहक सभापतिको हैशियतमा पार्टीको नेतृत्व तहमा आईपुगेका छन्। तर, फागुन २०-२३ मा हुने पार्टीको १३ औं महाधिवेशनले कोइराला परिवारको विरासत कसले लिने भन्ने फैसला गर्नेछ।

१३ औं महाधिवेशनमै कोइराला परिवारबाट नेतृत्वमा स्थापित हुने सम्भावना कम छ। कोइराला परिवारबाट अहिले तीन सदस्य कांग्रेस राजनीतिको केन्द्रमा भागमा छन। वीपी पुत्र सशांक, वीपीकै भतिज शेखर (वीपीका.भाई केशवका छोरा) र गिरिजाप्रसाद पुत्री सुजाता कोइराला। सुजाता सुशीलको विरासत लिन खोज्दैछिन्। तर, उनको उचाईले यसैपटक नेतृत्वमा पुग्ने संभावना कम छ। सशांक र शेखरले नेतृत्वको दावी गरेका छैनन्। उनीहरु दुवैका चाहना महामन्त्रीमा देखिन्छ। सुजाता नेतृत्व नपाउने अवस्थामा उपसभापति पाउनु पर्ने बताउँदै आएकी छिन्।कान्तिपुर दैनिकमा समाचार छ।

‘१३ औं महाधिवेशनमा कोइराला परिवारभित्रैबाट पार्टी नेतृत्व लिने संभावना छैन’ कांग्रेसका एक पदाधिकारीले भने,‘अबको नेतृत्व कि त शेरवहादुरले गर्नेछन कि रामचन्द्र पौडेलले।’ उनका अनुसार देउवा र पौडेलबीच कसले नेतृत्व लिने भन्ने मुख्य प्रतिस्पर्धा १३ औं महाधिवेशनले फैसला गर्नेछ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts