काठमाडौं,माघ २० । आसन्न महाधिवेशनमा सभापतिको दाबी गर्दै देश दौडाहामा लागेका उपसभापति रामचन्द्र पौडेलले चन्दा संकलन शुरु गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भावी सभापतिको दाबी गर्दै विभिन्न स्ट्याटस लेख्दै अाएका पौडेलले हालसम्म १ हजार १ सय ३ पाउन्ड संकलन भइसकेको बताएका छन् । अन्तिममा उपसभापति पौडेलले सभापति पद छोड्ने धेरैले अनुमान गरिरहेका बेला उनले सामाजिक सञ्जाल मार्फत सभापति बन्ने अभियानलाई अझ सशक्त बनाउँदै चन्दा संकलन सुरु गरेको आजको नेपाल समाचारपत्रले छापेको छ । भ्रष्टाचार वा गलत तरिकाले जम्मा गरेको पैसाले गलत नेतृत्व स्थापना गर्छ भन्दै उपसभापति पौडेलले स्वच्छ प्रतिस्पर्धा र पारदर्शी नेतृत्वको लागि भन्दै ‘सयौँ हात’ अभियान अन्तर्गत चन्दा संकलन गरेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment