Saturday, February 20, 2016

विमानस्थलबाटै फेरि हराए सात युवती

काठमाडौं,फागुन ९ । श्रीलंकाको अध्ययागमले फर्काएका सात नेपाली युवतीलाई इन्डियन एयरलाइन्सका कर्मचारीको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको छ । ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो । विमानस्थलबाटै फरार, हुनेमा लविन तमाङ, कमला तमाङ, मिङ्मार तामाङ, तेक्बासाङ्मु तामाङ, नगिज्योक तमाङ, छिरिङ शेर्पा र कमला तमाङ रहेका छन् ।

उनीहरु दोलखा र सिन्धुपाल्चोकका बासिन्दा हुन् । ती युवती किन श्रीलंका जान लागेका हुन् भन्ने केही खुल्नसकेको छैन । यसअघि अवैध रुपमा श्रीलंका हुँदै घरेलु कामदारका लागि कुवेत जान लागेकी नवलपरासीकी मालती विक पनि माघ २४ गते फरार भएको भन्दै इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमलाई जवाफ दिएका थिए आजको अन्नपूर्णमा समाचार छ । ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts