काठमाडौं,फागुन ४ । दक्षिण एसियाली खेलकुद साग फुटबलमा २३ वर्षपछि स्वर्ण पदक जितेको नेपाली फुटबल टोली भोलि अपरान्ह काठमाडौं आइपुग्ने भएको छ । भारतमा जारी सागमा हिजो भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको नेपाली फुटबल टोली भोलि स्वदेश फर्किन लागेको एन्फाले जनाएको छ । टोलीलाई भव्य स्वागत गरिनुका साथै उपत्यका परिक्रमा गरिने एन्फाले तयारी गरेको छ । भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हिजो भएको फाइनल खेलमा नेपालका लागि प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गर्दै उत्कृष्ट जित दिलाएका थिए । यसअघि नेपालले भुटानमाथि ५–० र सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ४–३ को जित निकाल्दै फाईनलमा स्थान बनाएको थियो । ती दुबै खेलमा नवयुगले ह्याट्रिक गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment