Monday, February 22, 2016

कांग्रेस संस्थापनबाट दुई प्यानल,सिटौला सभापति र गगन महामन्त्रीमा उठ्ने

काठमाडौं,फागुन ११ । महाधिवेशन सुरु हुन झन्डै एकसाता बाँकी रहँदा कांग्रेसमा संस्थापन पक्षबाट दुईभन्दा बढी उम्मेदवारी पर्ने निश्चितजस्तै भएको छ। सभापतिका लागिथ कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले प्यानल नै बनाएर उम्मेदवारी दिने तयारी गरेका छन्।

महामन्त्री सिटौलाले पौडेललाई समर्थन नगर्ने निष्कर्ष निकाल्दै युवाहरुलाई समेटेर छुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन्। सिटौलाले आफ्नो टिममा युवा नेता गगन थापा, प्रदीप पौडेललगायतलाई समेटेर प्यानल बनाउने गरी छलफल अघि बढाएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

सिटौला निकट स्रोतका अनुसार आफू सभापतिमा र गगनलाई महामन्त्रीमा राखेर प्यानल बनाउने तयारी भएको छ। ‘मंगलबारको केन्द्रीय समितिको बैठकपछि उहाँको उम्मेदवारी घोषणा गर्ने विषयमा औपचारिक जानकारी हुन्छ, सिटौलासँगै तयारीमा लागेका एक नेताले भने–सकभर सवै पदमा प्यानलै बनाएर टिम घोषणा गर्ने तयारीमा छौं।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts