Wednesday, February 3, 2016

धर्म प्रचारको कार्यक्रममा विदेश जान सांसदको लर्को

काठमाडौं,माघ २१ । शान्तिमन्त्री एकनाथ ढकालले आफ्नो एनजिओ युनिभर्सल पिस फेडेरेसनको तर्फबाट दक्षिण कोरिया जाने सांसदसहित २० जनाको भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लग्न खोजेका थिए । क्रिस्चियन धर्म प्रचारमा सक्रिय उनको एनजिओको नियमित डोनरले २९ माघदेखि ४ फागुनसम्म सिओलमा गर्ने कार्यक्रममा सांसदहरूले भाग लिने तयारी थियो । तर, मुख्यसचिवले प्रस्ताव नै फिर्ता गरिदिए ।

मन्त्री आफैँले आफ्नो भ्रमणको कार्यक्रम स्वीकृत गर्न लगेको प्रस्ताव पनि मन्त्रिपरिषद्ले अस्विकृत गरिदिएको छ । मुख्यसचिव डा. सोमलाल सुवेदीले भिभिआइपीको विदेश भ्रमण कार्यविधिविपरीत र सभामुखको स्वीकृतिविनै प्रस्ताव आएकाले मन्त्रिपरिषद्मा लैजान नमिल्ने भन्दै फिर्ता गरिदिएका थिए । ‘मन्त्री र सांसदहरूको टोली विशुद्ध रूपमा क्रिस्चियन धर्मको प्रवद्र्धन गर्ने कार्यक्रममा जान लागेको पाइयो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘देशलाई फाइदा नहुने देखेर नै प्रस्ताव फिर्ता पठाइएको हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts