Wednesday, February 17, 2016

कांग्रेस काठमाडौं सभापतिमा सबुज बानियाँ निर्वाचित

काठमाडौं,फागुन ५ । नेपाली कांग्रेस काठमाडौं सभापतिमा भीमसेनदास प्रधानलाई हराउदै सबुज बानियाँ विजयी भएका छन् । बुधबार भएको मतदानपछि सार्वजनिक मतपरिणाम अनुसार सभापतिका उम्मेदवार बानियाँले ६५३ मत पाएको छन् भने निर्वतमान सभापति प्रधानले ५६३ मत मात्र ल्याएका छन् । काठमाडौँ सभापति प्रधानलाई ९०  मतले पछि पार्दै बानियाँ विजयी भएका हुन् ।

यसैगरी सचिवमा बानियाँकै प्यानलकै राजकुमार नकर्मी ६६९ मतका साथ विजयी भए। उनका प्रतिद्वन्द्वी प्रधान प्यानलका अर्जुन पराजुलीले ४४२ मत प्राप्त गरे। यसैगरी कोषाध्यक्षमा पनि बानियाँकै प्यानलका गोबिन्द पुडासैनी निर्वाचित भएका छन्। पुडासैनीले ६४९ र उनका प्रतिद्वन्द्वी नर्बदा पोखरेलले ५४५ मतमात्रै प्राप्त गरिन्।

बानियाँको प्यानललाई कांग्रेस महामन्त्री प्रकाशमान सिंहको समर्थन थियो भने निर्वतमान सभापति प्रधानलाई संस्थापन पक्षकै अन्य नेताहरुको समर्थन रहेको थियो। काठमाडौँ कांग्रेसमा निर्वातमान सभापति प्रधानको वर्चश्व बानियाँले खाइदिने संकेत मत परिणामले देखाएको छ । कांग्रेस काठमाडौँका ९ क्षेत्रीय प्रतिनिधिले बानियाँलाई समर्थन गर्ने घोषणा गरेपछि बानियाँ समेत शक्तिशाली देखिएका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts