पुस ३०, २०७२- विश्वकै सबैभन्दा ठूलो धनराशी डेढ अर्ब डलरको लट्टरी ज्याकपट खोलिएको छ । उक्त लट्टरी तीनजनालाई परेको पावरबल ज्याकपट अधिकारीले बताएका छन् ।
पछिल्लोपटक १९ औंपटक चिठ्ठा खोलिएको हो । उक्त ज्याकपट जित्नका लागि चिठ्ठाको छ वटै नम्बर मिल्नु पथ्र्यो । सो चिठ्ठा किन्न विक्रीकेन्द्रहरु बाहिर हजारौंको संख्यामा अमेरिकाभर मानिसहरु लामबद्ध भएका थिए ।
लट्टरीका प्रवक्ता एलेक्स ट्रभेर्सोका अनुसार तीनवाट विजेता मध्येका एक चिठ्ठा लस एन्जेलसको चिनो हिल्सस्थित सेभेन–इलेभेन स्टोरबाट विक्री गरिएको हो । अरु टिकट कहाँबाट विक्री भएको हो भन्ने थाह नभइसकेको जानकारी उनले दिए ।
विजेताले २९ वर्ष लगाएर वार्षिक रुपमा वा एकैपटक ९३ करोड लिएर भागबन्डा समेत गर्नसक्नेछन् । अमेरिकी सरकारले समेत चिठ्ठा वापत ३९.६ प्रतिशत कर जितेको पैसाबाट प्राप्त गर्ने छन् । यस्तै राज्यको कानुन अनुसार केही प्रतिशत कर विजेताले राज्य सरकारलाई समेत बुझाउनु पर्नेछ ।
– , अमेरिका
No comments:
Post a Comment