Sunday, January 3, 2016

नेपाल र भारतमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं : सोमबार बिहानै नेपाल र भारतको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का  महसुस भएको  छ ।
भारतको  पश्चिमबंगालस्थित मनिपुरलाई केन्द्रबिन्दु बनाएर बिहान ४ बजेर ५३ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकन भूगर्भ विभागले जनाएको  छ ।
पृथ्वीको सतहबाट ३३ किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश  भाग  तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालका ताप्लेजुङ, झापा, भोजपुर, धनकुटा र मध्य नेपालका काठमाडौं  उपत्यका र पश्चिमका पोखरासहितका भूभागसम्म महसुस गरिएको छ ।
समाचार अनुसार यो भूकम्पले पश्चिम बंगालका केही  भूभागमा भौतिक क्षति पुर्यारएको छ । क्षतिको विवरण भने आइसकेको  छैन।
फोटो :भूकम्पको केन्द्रबिन्दु। तस्बिर : अमेरिकन भूगर्भ विभाग

-annapurna

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts