काठमाडौं,माघ ८ । आइसिटी पत्रकार विकास मञ्च र राष्टिय अनलाइन पत्रकार संघको आयोजनामा भएको अनलाइन मिडिया व्यवस्थापन र साइवर सुरक्षा विषयक अन्तरक्रियामा अनलाइन पत्रकारहरु सम्मानित भएका छन् । अन्त्रक्रिया कार्यक्रमका प्रमुख अतिथि तथा विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले आम मानिसलाई सुसुचित गराउन समाचार संप्रेषण गरेबापत अनलाइन मिडियामा काम गर्ने एक दर्जन पत्रकारलाई सम्मान गरेका हुन ।
सम्मान पाउनेहरुमा टप नेपाल न्युज डट कम, अन्नपूर्णपोष्ट अनलाइनका गोपीकृष्ण ढुंगाना, न्युज२४ का संगम बाँनिया, रातोपाटीका अर्जुन पन्त, इमेजखबर अनलाइनका प्रतिक, अनलाइनपत्रिका डट कमका सुबिन कुमार श्रेष्ठ, नेपालपाटी, डबलीन्युज डट कम, न्युज अभियान डट कम, , न्युजसंचार डटकम, एनटिभीयुस डट कम मा कार्यरत पत्रकारहरु रहेका थिए । कार्यक्रममा दुई दशकदेखि पर्यटन क्षेत्रमा पर्यटन व्यवसायीको रुपमा योगादन पुर्याएको ठमेलका इको रिसोर्टका सञ्चालक मोहन लम्साल, एक दशक लामो समयदेखि रक्तादान लगायतका विविध सामाजिक क्षेत्रमा योगदान पुर्याएवापत सहस्रधारा वचत तथा ऋण सहकारी संस्था लिमिटेड र साइवर सुरक्षाको लागि सामाजिक तथा संस्थागत तवरबाट योगदान पुर्याएको आइटी सर्ट नेपाललाई सम्मान प्रदान गरिएको थियो ।
No comments:
Post a Comment