Friday, January 22, 2016

कोरियामा नेपाली डकुमेन्ट्री ‘सुनकली’ प्रदर्शन गरिने

रन्जन कुँवर -दक्षिण कोरिया । मुगुका किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ दक्षिण कोरियामा पनि दक्षिण कोरियामा पनि प्रदर्शन गरिने भएको छ । एकदर्जन भन्दा बढी अन्तर्राष्ट्रिय अवार्ड पाएर चर्चामा रहेके उक्त डकुमेन्टी ‘मुगुको शैक्षिक पूर्वाधारमा टेवा पुर्‍याऔं’,भन्ने मूल नाराका साथ आइतबार २४ तारिखका दिन सोलस्थित एनआरएन कोरियाको चुनाव भएको हल दोङनेमुनमा मध्यान्ह १२:३० बजे प्रदर्शन गर्न लागिएको हो । उक्त डकुमेन्ट्री  मुगु जिल्लामा खेल्ने मैदान र छात्राबास निमार्ण गर्ने अभियान अन्तर्गत सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको हो । त्यस डकुमेन्टीे हेर्नको लागि  लागि १५ हजार वन टिकटदर तोकिएको छ ।

डकुमेन्ट्री भित्र “सुनकली कस्ती मेस्सी जस्ती” भनेर तुलना गरिएको छ । ५० मिनेट लामो उक्त डकुमेन्ट्रीको निर्देशन गरेका पत्रकार भोजराज भाटले १३ वर्षीया सुनकली बुढा र उनकी सहेलीहरुको फुटबल कथालाई डकुमेन्ट्रीमा उतारेका छन् ।, मुगुको सामाजिक परिवेश, स्थानीय संस्कृति र जनजीवनलाई डकुमेन्ट्रीमा सचित्र प्रस्तुत गरिएको छ ।

सुनकलीले गत साता जर्मनमा सम्पन्न वग्र्ग फिल्म फेस्टिबल–टिजेन्जी २०१५मा माउण्टेन एण्ड कल्चर विधामा एक हजार युरो नगदसहित प्रथम पुरस्कार हासिल गरेको थियो।

अमेरिकाको चर्चित सिनेरोक्कम इन्टरनेश्नल फिल्म फेस्टिबलमा नेपाली डकुमेन्ट्री ‘सुनकली’ ले ‘वेष्ट डकुमेन्ट्री डायमण्ड अवार्ड’हात पारको थियो । सम्भवतः नेपाली डकुमेन्ट्रीको इतिहासमा सबैभन्दा बढी अवार्ड पाउने डकुमेन्ट्री सुनकलीको नाम दरिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts