Thursday, January 7, 2016

फिफा अध्यक्षमा उम्मेदवारी दिने प्लाटिनीको पूर्वयोजना परिवर्तन

एजेन्सी,पुष २४ । विश्व फुटबल महासंघ (फिफा) अध्यक्षको दौडबाट मिचेल प्लाटिनी बाहिरिएका छन् । आसन्न चुनावमा आफुले पनि उम्मेदवारी दिने बताउदै आएका प्लाटिनीले आफ्नो पूर्व योजना परिवर्तन गर्दै अध्यक्षको दौड भाग नलिने बताएका हुन् । फिफाको आचार समितिले प्लाटिनीसँगै ब्लाटरलाई समेत आर्थिक अनियमितताको आरोपमा प्रतिबन्ध लगाएपछि प्लाटिनीले उम्मेदवारी दिने आफ्नो पूर्वयोजना परिवर्तन गर्न बाध्य भएका हुन् ।

फिफाले लगाएको प्रतिबन्धविरुद्ध अपिल गरेका प्लाटिनीले अपिलको परिणाम जस्तोसुकै आए पनि तत्काल फिफा अध्यक्षमा उम्मेदवारी दिनु आफ्नो हितमा नहुने बताएका हुन् । प्लाटिनीले नाम फिर्ता लिएसँगै फिफा अध्यक्षका लागि अब ५ जनाबीच प्रतिस्पर्धा हुनेछ ।

अध्यक्षका लागि राजकुमार अली बिन अल हुसैन, एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष एवं बहराईनका धनाढ्य शेख सलमान बिन ईब्राहिम अल खालीफा, दक्षिण अफ्रिकी राजनीतिज्ञ एवं व्यापारी टोक्यो सेक्सवेल, युरोपियन फुटबल महासंघका महासचिव स्विस नागरिक जियानी ईन्फान्टिनो र पुर्व फ्रेन्च कुटनीतिज्ञ एवं फिफा पदाधिकारी जेरोमी स्याम्पेन फिफा अध्यक्ष बन्ने होडमा छन् ।
फिफाको नयाँ नेतृत्व चयनको लागि यही फेब्रुअरी २६ तारीखमा स्विट्जरल्याण्डको ज्युरिचमा विशेष साधारणसभामार्फत निर्वाचन हुँदैछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts