Wednesday, January 6, 2016

बिराटको पेट्रोल बिक्री गर्न चार पम्पलाई अनुमति

काठमाडौं,पुष २३ । बिराट पेट्रोलियमले ल्याएको पेट्रोल बिक्री गर्न चार पम्पले स्वीकृति पाएका छन्। त्यसमध्ये व्यवसायी यशु प्रधानका मात्रै ३ पम्प छन् । आपूर्ति मन्त्री गणेशमान पुनको संयोजकत्वमा भएको छलफलले ४ पम्पलाई बिराटले ल्याएको पेट्रोल बिक्रीका लागि अनुमति प्रदान गरेको हो।

व्यवसायी प्रधानको स्वयम्भुमा रहेको हामा आयल, सोह्रखुट्टेमा रहेको जयकुमारी र इमाडोलमा रहेको न्यू भद्रकाली पम्प तथा वीरगन्जका व्यापारी श्याम रौनियारको काँडाघारीमा रहेको समृद्धि आयल स्टोरले बिराटले ल्याएको पेट्रोल बिक्रीको अनुमति पाएका छन्। बिराटले ९ पुसमा ५ ट्यांकर पेट्रोल विराटनगर नाका हुँदै ल्याएको थियो नयाँ पत्रिका दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts