Wednesday, January 13, 2016

अर्को बैशाखमा मात्रै बन्ने भुकम्पपिडितका घर

काठमाडौं, पुष ३०। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितका लागि जाडोपछि मात्र नयाँ घर निर्माण सुरु गर्ने घोषणा गरेको छ। आवासको अभावमा जाडोका कारण धेरैको निधन र बिरामी परेको सार्वजनिक भइरहेका बेला जाडो सकिएलगत्तै बल्ल आगामी चैत महिनादेखि नमुनाका रुपमा बैशाखदेखि व्यक्तिगत घर निर्माण गर्ने घोषणा गरेको हो।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी चैतदेखि पाँच जिल्लामा नमुना तथा बैशाखदेखि प्रत्येक जिल्लाका कम्तीमा पाँच गाविस वा नगरपालिकामा व्यक्तिगत आवासहरुको निर्माण सुरु गर्ने लक्ष्यसहित तीनमहिने कार्ययोजना सार्वजनिक गरेका छन्।

राजधानी दैनिकमा समाचार छ । प्राधिकरणले कुन कुन जिल्लामा र कुन कुन क्षेत्रबाट आवास निर्माण गर्ने हो त्यो भने सावैजनिक गरेको छैन।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts