Wednesday, January 13, 2016

तीन दल र मोर्चाको कार्यदलको बैठक स्थगित,माघ ४ भित्र मधेसी मोर्चासँग सहमति गर्ने

काठमाडौं,पुष ३० । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाको कार्यदलको बैठक स्थगित भएको छ । प्रमुख तीन दलवीच शीर्ष तहमा भएको छलफलका कारण कार्यदलस्तरको बैठक शुक्रवारसम्मका लागि स्थगित भएको जनाईएको छ । मोर्चाले उठाएका ११ बुँदे माग सम्बोधन गर्ने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले आइतबारसम्म मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउने निर्णय समेत गरेका छन् । बालुवाटारमा बसेको बैठकमा दलहरूले मधेसी मोर्चासहतिको कार्यदलको रिपोर्टमाथि छलफल भएको थियो ।

यसअघि हुँदै आएको कार्यदलको बैठकमा राजनीतिक संयन्त्रमार्फत प्रदेश सिमाकंन तीन महिनाभित्रै टुंगो लगाउने विषय मोर्चा सकारात्मक भएपनि संयन्त्रको बैधानिकतामाथि प्रश्न उठाउँदै आएको छ। कार्यदलस्तरमा मोर्चाका ११ बुँदे मागबारे पटक पटक छलफल हुँदै आएको भएपनि सहमति भने जुट्न सकेको छैन।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts