Saturday, January 23, 2016

बेरुजु ९२ अर्ब नाघ्यो, राजनीतिक नियुक्ति पाउनेले चासै दिँदैनन्

काठमाडौं,माघ १० । सरकार तथा मातहत निकायको बेरुजु रकम ९२ अर्ब रुपैयाँ नाघेको छ । पुरानो बेरुजु फस्र्याेट गर्न ध्यान नदिने तथा नयाँ बजेट परिचालनमा आर्थिक अनुशासनको पालना नगर्ने प्रवृत्तिका कारण बेरुजु रकम बढ्दै गएको समाचार अभियान दैनिकले छापेको छ ।

बेरुजु रकम बर्सेनि बढ्दै गएपनि फस्र्योट गर्न सरोकारवाला निकायले चासो कम दिने गरेका छन् । सार्वजनिक निकायले गरेको खर्चमा अनियमितता देखिए असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की फस्र्योट गर्नुपर्ने गरी महालेखा परीक्षण गर्दा तिन प्रकारको बेरुजु देखाउने गरेको छ । बेरुजु कम गर्ने र पुराना बेरुजु शून्यमा झार्ने आफूहरुको प्रयत्न भए पनि विभिन्न कारणले सफल हुन नसकिएको बेरुजु फस्र्योट मूल्यांकन र अनुगमन समितिका सदस्य सचिव दयानाथ शर्माले जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts