काठमाडौं,माघ १० । करीब ४ महिनायता देशले इन्धनको चरम संकट झेलिरहे पनि यो संकट तत्काल समाधान हुने संकेत अझै देखिएको छैन । नेपाल आयल निगमका अनुसार साविकको तुलनामा हाल उपत्यकामा पेट्रोल १४ प्रतिशत र डिजेल ५० प्रतिशत वितरण हुँदै आएको छ भने ग्यास एक तिहाइको हाराहारीमा मात्र वितरण भइरहेको छ । तर, माग भने अत्याधिक छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
गत असोजदेखि कुल आयातको ७० प्रतिशत पेट्रोलियम आयत हुने रक्सौल नाका बन्द छ । बाँकी नाकाबाट आयत हुँदै आएको ३० प्रतिशत पेट्रोलियम पदार्थबाट माग धान्नुपर्ने स्थितिका कारण देखिएको इन्धन संकट तत्काल नै समाधान नहुने देखिएको हो ।
गत डिसेम्बरयता आयातमा केही सुधार देखिए पनि आयातमा भएको अत्यधिक कमीका कारण वितरण प्रणाली नराम्रोसँग खल्बलिएको छ । मागअनुसारको आपूर्ति नहुँदा कालोबजारले प्रश्रय पाएपछि आयल निगमको अर्को आलोचना हुँदै आएको छ । तेल स्टक भए पनि निगमले वितरण नगरेको समाचार आएपछि सर्वसाधारणमा तीव्र असन्तुष्टी बढेको छ ।
No comments:
Post a Comment