काठमाडौं,माघ ५ । अमेरिकामा रेष्टुरेन्ट संचालन गर्दागर्दै २०७० को संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका सुशील कोइरालाको सहयोगीको रुपमा नेपाल आएकी मृदुला कोइरालालाई नेपाली कांग्रेसको विधान विपरीत १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदको उम्मेदवार बन्ने बाटो खुल्ला गर्न लागिएको छ ।
आजको दृष्टि साप्ताहिकमा खबर छ–नेपाली कांग्रेसको विधानमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनको लागि क्रियाशील सदस्यता लिएको १० वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ ।
तर, मृदुला २०७० पछि तत्काली प्रधानमन्त्री कोइरालाको सहयोगीको रुपमा नेपालमा आएकी हुन् । र, प्रधानमन्त्री कोइरालाको अवैतनिक जनसम्पर्क सल्लाहकारको रुपमा उनले बालुवाटारमा अड्डा जमाएकी थिइन् । २०६७ सालमा भएको १२ औं महाधिवेशनपछि क्रियाशील सदस्यता वितरण अहिले नै गरिएको हो ।
२०६७ सालमा भएको १२ औं महाधिवेशनपछि क्रियाशील सदस्यता वितरण अहिले नै गरिएको हो । अमेरिकामैं रहेकी मृदुलाले २०६७ सालमा क्रियाशील सदस्यता लिएकी छैनन् । तर, समयमा सदस्यता नलिएकी उनीलाई १० वर्ष अघि नै सदस्यता लिएको भन्दै केन्द्रीय सदस्यमा उठाउने तयारी भएपछि कोइराला क्याम्पमा विवाद हुन थालेको छ ।
No comments:
Post a Comment