Saturday, January 23, 2016

विमानस्थलमा फुटबल खेलाडीलाई भव्य स्वागत

काठमाडौं,माघ ९ । बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता जितेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई शनिबार भव्य स्वागत गरिएको छ । राष्ट्रिय झण्डासहित सयौंको संख्यामा त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल पुगेका आफन्त र समर्थकहरु स्वदेश फर्किएका नेपाली खेलाडीहरुको  भब्य स्वागत गरेका हुन् । खेलाडीहरुलाई बाजागाजासहित नगर परिक्रमा गराइएको थियो ।

खेलाडीको स्वागतका लागि राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशवबहादुर विष्ट, अखिल नेपाल फुटबल संघका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, म्याच फिक्सिङको अनुसन्धान गरेका महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानहरू मणि शाह, राजुकाजी शाक्य, हरि खड्का लगायतका फुटबलप्रेमीहरू विमानस्थल पुगेका थिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts