Tuesday, January 12, 2016

युक्यासल र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडे

एजेन्सी,पुष २९ । इङ्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड न्यूक्यासलसँग बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड न्यूक्यासलसँग ३–३ गोलको बराबरीमा रोकिएको हो। खेलमा अग्रता भने युनाइटेडले खेलको ९ औँ मिनेटमै वाइन रोनीको गोलवाट लिएको थियो। खेलको ३८ औँ मिनेटमा लिङ्गर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। तर खेलको ४२ औँ मिनेटमा न्यूक्यासलका लागि जिओर्जिनोले गोल गर्दै अग्रता २–१ म झारे। प्हिलो हाफ २–१ गोल अन्तरले अघि रहेको युनाइटेडले अग्रता बचाउन सकेन। खेलको ६७ औँ मिनेटमा मिट्रोभिकले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए। खेलको ७९ औँ मिनेटमा वाइन रोनीले युनाइटेडका लागि तेस्रो गोल गरेर पुन अग्रता दिलाए। तर ९० औँ मिनेटमा न्यूक्यासलका लागि डम्मेटले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकिएको हो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts