काठमाडौं,पुष २२ । कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले जीवनमा कहिल्यै मन्त्री पदमा नफर्कने घोषणा गरेका छन् । कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा नेतृत्वको सरकारमा विभिन्न समयमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले मंगलबार सन्धीखर्कमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अब मन्त्री बन्न सांसद नलड्ने उद्घोष गरे । आजको कान्तिपुर दैनिकमा खबर छ । आठ ओटा मन्त्रालय सम्हालेका खड्काले बाहिरै बसेर विकास र आर्थिक क्रान्तिबाट देशलाई विकसित राष्ट्र बनाउन लागि पर्ने दाबी गरेका छन् । सुशील कोइरालाले प्रधानमन्त्री पदमा उम्मेदवार दिएपछि असन्तुष्ट भएर पार्टी सहमहामन्त्रीबाट राजीनामा दिएका खड्का महाधिवेशन संघारमा जिल्ला दौडाहामा हिँडेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment