एजेन्सी । सन् २०१५ को अन्तिममा प्रदर्शनमा आएको चलचित्र बाजिराव मस्तानीले ६१ औं फिल्मफेयर अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । शुक्रबार राति ६१ औं फिल्मफेयर अवार्डको घोषणामा ६१ औं फिल्म फेयर अवार्डले कंगना रनावत, दीपिका पादुकोण र रणबीर सिंहको मुहार हँसिलो बनाउँदा किङ खान शाहरुखले भने निराश बनायो । अवार्डमा बाजिराव मस्तानी र पिकुले सबै धेरै विधामा अवार्ड जितेका छन् । चलचित्र बाजिराव मस्तानीबाट रणवीर सिंहले सर्वोत्कृष्ट अभिनेता तथा सञ्जय लिला भन्सालीले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।
प्रियंका चोपडाले बाजिराव मस्तानीबाटै सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् । बाजिराव मस्तानीमा काशी बाईको भूमिका निर्वाह गरेर मन जितेकी प्रियंक चोपडाले उत्कृष्ट सहअभिनेत्रीको अवार्ड हात पारिन् । क्रिटिक्स च्वाइस अवार्ड पनि चलचित्र पिकुले पायो ।
चलचित्र पिकुबाटै अमिताभ बच्चनले क्रिटिक्स च्वाइस तर्फको सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाए । क्रिटिक्स च्वाइस तर्फ सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलिचित्र तनु विड्स मन्नुबाट कंगना रनौतले पाइन् ।यो पटकको फिल्म फेयर अवार्डमा प्रस्तोता रहेका शाहरुख खानको दिलवाले भने एउटै अवार्ड जित्न सकेन ।
No comments:
Post a Comment