Monday, January 4, 2016

संविधान संशोधन विधेयक स्वीकृत,प्रक्रिया अगाडि बढ्यो

काठमाडौं,पुष २० । संसदमा पेश भएको धेरै दिनपछि प्रमुख राजनीतिक दलको सहमतिमा सरकारले संसदमा पेश गरेको नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ लाई संसदले स्विकृत गरेको छ। संसदको सोमबार बसेको बैठकले संविधान संशोधन बिधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताब पारित पारित गरेको हो । सो प्रस्ताब पारित भएपछि अब सांसदहरुलाई संशोधन राख्न ७२ घण्टाको समय उपलब्ध हुने छ ।

मधेसी मोर्चा लगायतका विभिन्न असन्तुष्ट पक्षले उठाउँदै आएको समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा परेको संशोधन विधेयकमाथि संसदमा भएको सैद्धान्तिक छलफल पश्चात सभामुख ओनसरी घर्तिमगरले संशोधन प्रस्ताव सदन समक्ष स्विकृतीका लागि पेश गरेकी हुन्।

संविधान संशोधन बिधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताब उपर ५८ जना सांसदहरुले बोल्ने क्रम सकिएपछि सोमबार कानुन न्याय तथा संसदीय ब्यबस्था मन्त्री अग्नि खरेलले जवाफ दिएका थिए । मन्त्री खरेलले संविधान संशोधनलाई समृद्ध बनाउन सांसदहरुले दिएका सुझाब महत्वपुर्ण रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts