काठमाडौं,माघ २ । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा कार्य समिति सदस्य विमलेन्द्र निधिले पार्टीको १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने भएका छन् । तराई मधेसमा कमजोर बन्दै गएको पार्टीको पहुँच र देशको परिवर्तित स्वरुपको सम्बोधनका लागि आफ्नो उम्मेद्वारी अनिवार्य भएको बताउँदै निधिले महामन्त्री पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका हुन् । देशभरको भम्रण र देशभरका पार्टी कार्यकर्ताको सल्लाह र सुझावपछि निधिले उम्मेद्वारी दिने तय गरेका हुन् । पार्टीका नेताहरु माझ तराई मधेसको समस्या सम्बोधनका बिषयमा फरक मत राख्दै आएका निधिको उम्मेद्वारी देश, जनता र प्रजातन्त्रका लागि भएको धनुषा जिल्ला सभापति रामसरोज यादवले बताए ।
यादवकाअनुसार निधिले केही दिनमै औपचारिक कार्यक्रममार्फत आफ्नो उम्मेद्वारी सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । नेता निधि नेपाली काँग्रेसमा उदार र उदाहरणिय प्रजातन्त्रका प्रर्वतक मानिन्छन । परिवारले जहाँनिया राणा शासन र पञ्चायती ब्यवस्था बिरुद्ध दिएको त्याग र बलिदानलाई नजिकबाट हेरेका निधि सरल र सहज राजनितिज्ञका रुपमा परिचित छन । निधिले देशमा पछिल्लो समय देखिएको समस्या सम्बोधनका लागि नेतृत्व पक्तिमा पहल गर्दै आएका रातोपाटीमा समाचार छ । परिवार नै पार्टी राजनीतिमा सकृय रहेपनि निधि विद्र्यार्थी राजनीति हुँदै पार्टीमा आफ्नै बलबुताले स्थान बनाउन सफल भएका हुन । निधि नेपाल विद्र्यार्थी संघको पूर्व–अध्यक्ष हुँदै पार्टीको महामन्त्री भैसकेका छन् ।
नेता निधिले आफ्नो करिब पाँच दशक लामो राजनीतिक यात्रामा सात वर्ष जेलमा बिताएका छन । विभिन्न समयमा देशको मन्त्री भै सकेका निधि पार्टीमा स्वच्छ छबी भएका नेताका रुपमा मानिन्छन । राजनीतिक शास्त्रमा त्रिभुवन विश्व बिद्यालयबाट स्नाकोत्तर गरेका निधि संविधान सभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित संसद हुन ।
No comments:
Post a Comment