Tuesday, January 5, 2016

रक्सौलमा १ सय २४ बुलेट अलपत्र

काठमाडौं,पुष २२ । भारतले रक्सौल बजारदेखि ५ किलोमिटर टाढाको खुल्ला क्षेत्रमा १ सयभन्दा बढी ग्यासका बुलेट नेपाल प्रवेशको पर्खाइमा छन्। तीन सबै बुलेट काठमाडौं केन्द्रीतथ ग्यास उद्योगका हुन्। त्यहाँ रहेका २ सय ८ बुलेटमध्ये ८४ वटा बुलेटलाई नाका परिवर्तन गरी सुनौली भैरहवाबाट ल्याउने निश्चित भइसकेको छ। तर बाँकी रहेका बुलेट नाका नखुलेसम्म आउन सक्ने छैनन्। भारतको नाकाबन्दी हुनासाथ रोकिएका ती बुलेटको भारत र नेपाल दुवैपट्टीको भन्सार जाँचपास भइसकेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नाकाबन्दीले भारतपट्टी रोकिएका १ सय २४ बुलेटको रक्सौल र वीरगञ्ज भन्सार कार्यालयमा दस्तुर बुझाइसकेकाले अन्य नाकाबाट ल्याउन कठिन भएको आयल निगमले जनाएको छ। निगमकै सल्लाहमा उद्योगीले भारत पट्टी रोकिएका बुलेटको हतारमा दुबै तर्फको भन्सार जाँचपास गराइएको थियो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts