Friday, January 8, 2016

बंगबन्धु गोल्डकपमा नेपाल र मलेसिया भिड्दै

काठमाडौं,पुष २५ । बंगलादेशमा शुक्रबारदेखि सुरु भएको बंगबन्धु गोल्डकप फुटबलमा नेपालले आज आफ्नो पहिलो खेलमा मलेसियाको सामना गदैछ । नेपाल र डिफेन्डिङ च्याम्पियन मलेसियाबिचको खेल शामसुल हुडा रंगशालमा नेपाली समय अनुसार दिउँसो साढे २ बजेपछि सुरु हुनेछ ।

आयोजक बंगलादेशसहित आठ टोलीको सहभागिता रहेको प्रतियोगितमा नेपाल समूह ए मा छ । समूह ए मा नेपालसहित मलेसिया, श्रीलंका र आयोजक बंगलादेश छन् । यस्तै समूह बी मा  बंगलादेशको २३ वर्ष मुनिको टोली, कम्बोडिया, बहराइन र माल्दिभ्स छन् ।

विराट महर्जनको कप्तानी रहेको नेपाली टोलीमा अधिकांश २३ वर्षमुनिका  खेलाडी छन् । टोली बिहीबार बंगलादेश गएको थियो । नेपालले समूह चरणको दोस्रो खेलमा पुस २८ गते श्रीलंका तथा पुस ३० गते आयोजक बंगलादेशसँग खेल्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts