काठमाडौं,पुष २२ । नाकाबन्दीले पेट्रोलियम तथा दैनिक उपभोग्य अभाव चर्किरहेका बेला त्यसको सामना गर्न साथ दिएको भन्दै सरकारले कालाबजारियाकै प्रशंसा गरेको छ । भारतीय नाकाबन्दीसँगै बढ्दो अभावको मौका छोपेर मौलाएको कालोबजारीमा नियामक संयन्त्रकै साथ रहेको आलोचना खेपिरहेको सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नै कालाबजारियाबाट सहयोग पाएको भन्दै उनीहरुको गुनबखान गरेको नागरिक दैनिकमा खबर छ ।
‘मुलुक नाकाबन्दीको मारमा परेका बेला निजी क्षेत्र र व्यापारीले सरकारलाई सहयोग गरेनन्,’ नेपाल चेम्बर अफ कमर्सद्वारा मंगलबार राजधानीमा आयोजित ‘द्विपक्षीय आर्थिक सम्बन्ध सहजीकरणका लागि आर्थिक कूटनीतिको भूमिका’ विषयक कार्यक्रममा थापाले भने, ‘बरु कालाबजारियाले सरकारलाई धेरै सहयोग गरे ।’
देशमा कालो अर्थतन्त्र (भूमिगत अर्थतन्त्र) मौलाउँंदै गएर नागरिकको जीवन कष्टकर भइरहेका बेला उपप्रधानमन्त्री थापाले सार्वजनिक रुपमै कालाबजारियाले सरकारलाई मद्दत गरेको स्विकारे ।
कार्यक्रममा उनले नाकाबन्दी खुलाउन र उपभोक्तालाई सहज आपूर्ति मिलाउन सरकारबाट केकस्तो प्रयास भयो भन्ने खुलाएनन् । उनी चीन भ्रमणमा जाँदा आम नागरिकमा सरकारले वैकल्पिक आपूर्ति व्यवस्थाको ठोस सम्झौता गर्ने आस गरेका थिए । तर, उनले सहयोग गर्ने उधारो वचन मात्र लिएर आए ।
२०४५ सालको नाकाबन्दीका बेला निजी क्षेत्रले सरकारलाई सहयोग गरेको स्मरण गर्दै थापाले नाकाबन्दीको समयमा निजी क्षेत्रले सरकारलाई सहयोगको सट्टा ‘हामी टाटपल्टिन लाग्यौं’ भन्दै साँचो सरकारलाई बुझाउनु सरासर धोका भएको आरोप पनि लगाए ।
Tuesday, January 5, 2016
सरकारबाटै कालोबजारीको प्रशंसा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment