काठमाडौं,माघ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीको रानीपोखरीबाट ‘पुननिर्माण महाअभियान’ को उद्घाटन गर्नुभएको छ । वैशाख १२ मा भूकम्प गएको समय ११ बजेर ५६ मिनेटमा सोही भूकम्पबाट क्षतिग्रस्त भएको रानीपोखरीको पुननिर्माण अभियानको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।
पुनर्निर्माणका लागि करिव सात खर्व रुपैयाँ खर्च गर्ने योजनासहित यो अभियान शुरु भएको छ । चार खर्ब रुपैयौँ दाताले उपलब्ध गराउने भएका छन् । प्राधिकरणको समन्यवमा विभागीय मन्त्रालय मार्फत रकम खर्च हुनेछ ।
राष्ट्रपतिले रानीपोखरी पुननिर्माण अभियानको उद्घाटन गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरका बुङ्मतीमा भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुननिर्माणको उद्घाटन गर्ने कार्यक्रम छ । उनले त्यहाँ सम्पदा पुननिर्माण महाअभियानको कार्ययोजना पनि सार्वजनिक गर्ने कार्यक्रम छ ।
अभियान उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड लगायतताको सहभागिता थियो । सरकारले सार्वजनिक सम्पदाको पुननिर्माणका लागि नीतिगत प्रक्रिया थालेको घोषणा गरेपनि वास्तविक पुननिर्माणको काम भने वैशाख पछि मात्रै शुरु हुने भएको छ ।
तस्विर: साभार रातोपाटी
No comments:
Post a Comment