काठमाडौं,पुष २९ । नयाँ शक्ति विस्तारका क्रममा बाबुरामपत्नी हिसिला यमीले दुबई भ्रमण गरेलगत्तै गृहमन्त्री शक्ति बस्नेतकी पत्नी सत्या पहाडीसमेत एक हुल पत्रकार बोकेर त्यही ठाउँ पुगेकी छन् । अचेल यी दुवैको दलीइ संबद्वता भिन्नै भएपनि यसपटकको युएई भ्रमणचाहिँ बराबरी विवादमा छ ।
अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीप्राप्त हिसिला अंग्रेजी नयाँ वर्ष मनाई स्वदेश फर्कंदा केही वर्ष जापानमा बसेका अछामे युवा शंकर भण्डारीलाई लिएर आइन् भने लगत्तै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य संगीता खड्कालाई सत्या पहाडीले दुबई लाँदा यता स्याङजाबाट शैलेन्द्र घिमिरेले सार्वजनिक आलोचना गरेका छन् ।
टोलीमा सहिदपत्नीसँग घरजम गरी अनुकरणीय उदाहरण देखाएका अर्का पत्रकार सन्तोष पौडेल पनि छन् । संगीता शैलेन्द्रका जीवन संगिनी हुन् । शैलेन्द्रले आइतबार राती १०ः २९ बजे पोष्ट गरेको फेसबुक टिप्पणी प्रतिकात्मक छ । लेखेका छन्, ‘आफन्तजन, मौनतालाई कमजोरी नठान । तिमी उभिउको जमिन मेरो काँधमाथि छ ।’ घिमिरे दोस्रो संविधानसभा चुनावमा स्याङजाबाट एमाओवादी उम्मेद्वार थिए । उनीमाथि नचाहिँदो आरोप लगथाएर पत्नीलाई बेलाबखत पिट्ने गरेको आरोप छ । जुझारु पत्रकार संगीता, सत्या शान्तिमन्त्री हुँदाताकाकी प्रेस संयोजक हुन् । सत्या अहिले उनलाई गृहमन्त्रीको प्रेस सल्लाहकार बनाउन चाहन्छिन् ।
उता शंकर भण्डारीले दुबईमा आफूलाई नयाँ शक्तिको अन्तर्राष्ट्रिय विभागमा हिसिलापछिकोको ‘सेकेण्ड म्यान’ का रुपमा परिचय दिएपछि उनको भ्रमण आफ्नाहरुबीचमा विवादमा परेको छ । भ्रमणको चाँजो मिलाउने काम उत्तम अधिकारी र विनोद श्रेष्ठ यमीको प्रस्तुतीबाट निराश बनेको चर्चा छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment