Monday, December 21, 2015

आर्सनलले म्यानचेस्टर सिटीलाई हरायो

एजेन्सी,पुष ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उपाधि होडमा रहेको म्यानचेष्टर सिटीलाई आर्सनलले हराएको छ । सोमबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर सिटीलाई २–१ ले हराएको हो । यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिसेस्टरसँगको अंक दूरी दुईमा झारेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दुवै गोल पहिलो हाफमा नै गरेको थियो । आर्सनलले ३३ औं मिनेटमा थियो वालकोटको गोलबाट अग्रता लिएको थियो ।

ओलिभर जिरउडले पहिलो हाफको अन्तिममा गोल गरे । ८२ औं मिनेटमा म्यानचेस्टर सिटीका लागि याया टुरेले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
यो जितपछि दोस्रो स्थानको आर्सनलको १७ खेलबाट ३६ अंक भएको छ । शीर्ष स्थानको लिसेस्टरको समान १७ खेलबाट ३८ अंक छ । आर्सनलसँग पराजित भएको म्यानचेस्टर सिटी समान १७ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts