काठमाडौं,पुष ७ । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याका प्रमुख आरोपी छविलाल पौडेललाई थुनामा राखी कारवाही गर्न सोमबार सर्बोच्च अदालतले चितवन जिल्ला अदालतलाई आदेश दिएको छ । न्यायाधीशहरु गिरिशचन्द्र लाल र दीपकराज जोशीको संयुक्त इजलाशले तत्काल प्राप्त प्रमाणबाट पौडेलले अधिकारीको हत्या गरेको देखिएको जनाई उनलाई थुनामा राखी कारवाही गर्न आदेश दिएको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
यसअघि चितवन जिल्ला अदालतले पौडेललाई २० हजार रुपैयाँ धरौटीमा छाडेको थियो । पौडेलसहित ११ जनालाई पनि चितवन जिल्ला अदालते तारखेमा छाडेको थियो । सो जिल्ला अदालतले गरेको आदेशलाई पुनारावेदन अदालत हेटौंडाले सदर गरेको थियो ।
सर्बोच्च अदालतले पौडेललाई थुनामा राखी कारवाही गर्न आदेश गरेको भए पनि अन्य ११ जना प्रतिवादीको हकमा भने तल्ला अदालतले गरेका आदेशलाई सदर गरेको छ ।
Monday, December 21, 2015
कृष्णप्रसाद हत्याकाण्ड : छविलाललाई थुनामा राखी कारवाही गर्न आदेश
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment