Wednesday, December 16, 2015

एमालेका दुई हजारभन्दा बढी नेता बेरोजगार

काठमाडौं,पुष २ । नेकपा एमालेका दुई हजारभन्दा बढी नेता बेरोजगार भएका छन् । महाधिवेशनपछि पार्टी सरकारमा गए पनि हजारौ नेताले पार्टीभित्रै काम पाउन सकेका छैनन् । एमालेले केन्द्रीय विभागहरुको संख्या बढाएर ३१ पुर्‍याएको छ । एउटा विभागमा कम्तीमा २५ नेता सदस्य हुन्छन् । विभागहरुले पूर्णता पाउँदा सात सय ७५ नेताले काम पाउँथे । तर, महाधिवेशन भएको १७ महिना बित्दा पनि विभागहरुले पूर्णता पाउन सकेका छैनन । नयाँ पत्रिकामा खबर छ ।

त्यस्तै पार्टीको उपत्यका र प्रवाससहित १६ अञ्चल कमिटी छन् । तर, कसैले पनि पूर्णता पाएका छैनन । अञ्चल कमिटीमा ६५ सम्म सदस्य रहनसक्ने व्यवस्था छ । यस हिसाबले अञ्चल कमिटीमा एक हजारभन्दा धेरै नेतालाई व्यवस्थापन गर्न सकिन्थ्यो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts