Wednesday, December 16, 2015

लोडसेडिङ बढ्यो, शनिबारदेखि दैनिक १० घन्टा

काठमाडौं,पुष २ । नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएको भन्दै विद्युत् प्राधिकरणले आगामी शनिबारदेखि लोडसेडिङ बढाएर दैनिक १० घन्टा पुर्याउने भएको छ । हाल साढे ८ घन्टा लोडसेडिङ हुँदै आएकोमा शनिबारदेखि दैनिक १० घन्टा विद्युत् कटौती हुनेछ ।

नदीहरुमा जलस्तर घट्दै गएको र भूकम्पले क्षतिग्रस्त आयोजना पुननिर्माण हुन नसकेका कारण लोडसेडिङ बढेको प्राधिकरणले जनाएको छ । भूकम्पले ९० मेगावाट क्षमताका १० जलविद्युत् आयोजनाको उत्पादन बन्द छ । आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts