रञ्जन कुँवर-सौल, पुष १३ । तनहुँ सम्पर्क समिती दक्षिण कोरियाले फेब्रुवरी ८ मा सांगीतिक कार्यक्रम गर्ने भएको छ । तनहुँ जिल्लाको पिछडीएको क्षेत्रहरुमा शिक्षा र स्वास्थ्यको लागि सहयोग गर्ने उदेश्यले सांगीतिक कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । आपसी मेलमिलाप,सदभाव र सहभागिता आजको एकता नै प्रवासीको आवश्यकता भन्ने नाराको साथमा गर्न लागिएको कार्यक्रममा चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।
सांगीतिक कार्यक्रममा चर्चित पप गायक सुगम पोख्रेल, दोहोरी गायक रामजी खाँण, गायिक सम्झना लामिछाने मगर ,मेलिना राई र हांस्य कलाकार कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे(पाँडे) को
प्रस्तुती रहनेछ । अतिथीको रुपमा लोक दोहोरी गायक प्रेमराजा महतले समेत आफ्नो बेजोड प्रस्तुती पनि कार्यक्रममा देखाउनु हुनेछ । उक्त कार्यक्रमको टिकट सहयोग स्वरुप २५,००० वन राखिएको छ । कार्यक्रमवाट उठेको रकम तनहुँ जिल्लाको पिछडीएको क्षेत्रहरुमा शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने कार्यक्रम संचालन सस्थाका सचिब सुनिल मल्लले बताए ।
No comments:
Post a Comment