Saturday, December 19, 2015

म्यानचेस्टर युनाइटेड नर्विचसँग पराजित

एजेन्सी,पुष ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड अप्रत्यासित हार व्यहोरेको छ । अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड नर्विचसँग २–१ ले पराजित भएको हो । हारसँगै युनाइटेडका प्रशिक्षक लुइस भानहालले आफ्नो भविश्यमाथि चिन्ता व्यक्त गरेका छन् । ३८ औं मिनेटमा क्यामरुन जेरोमले नर्विचलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको नर्विचका लागि ५४ औं मिनेटमा एलेक्स टेटीले गोल गर्दै अग्रता दोब्बर पारे ।

म्यानचेस्टर युनाइटेडका लागि ६६ औं मिनेटमा एन्थोनी मार्शलले एक गोल फर्काए । यो म्यानचेस्टर युनाइटेडले लगातार ६ खेलमा जित निकाल्न सकेको छैन । हारपछि १७ खेलबाट २९ अंक जोडेको म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा झरेको छ । समान १७ खेलबाट १७ अंक जोडेको नर्विट रेलिगेशन जोनबाट माथि १६ औं स्थानमा छ । शनिबार राति नै भएको खेलमा साउथह्यामप्टनलाई २–० ले हराएको टोटनह्याम समान १७ खेलबाट २९ अंकसहित चौंथो स्थानमा उक्लिएको छ । समान १७ खेलबाट २१ अंक जोडेको साउथह्यामप्टन १२ औं स्थानमा छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts