काठमाडौं, मंसिर २६ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले पुस २ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । २ हप्तापछि भारतमा हुने साफ च्याम्पियनसिपको तयारीका बंगालादेशको राजधानी ढाकामा मैत्रीपूर्ण फुटबल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम ढाकाबाट सिधै प्रतियोगितास्थल भारतको केरला राज्यको त्रिभन्द्रुम जाने छ । ढाकामै नेपालले ३ दिन बन्द प्रशिक्षण पनि गर्ने एन्फाले जनाएको छ ।
डिसेम्बर २३ देखि जनवरी ३ सम्म हुने साफ च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, भुटान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानमा सहभागी हुने छन् । नेपाल आयोजक भारत र श्रीलंका रहेको समूहमा छ । यो समूहमा रहेको पाकिस्तानले भने प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको छ ।
No comments:
Post a Comment