Sunday, December 20, 2015

कोलम्बियाले लगाएको मिस युनिभर्सको ताज एक मिनेट मै खोसियो (भिडियो)

एजेन्सी । यस वर्षको मिस यूनिभर्सको उपाधि फिलिपिन्सकी पिया अलोन्जो उर्जबाले जितेकी छिन् । लस भेगासमा आइतबार सम्पन्न प्रतियोगितामा स्टिभ हार्भेले विजेता घोषणा गर्ने बेलामा गलत नाम लिएपछि ‘मिस यूनिभर्स’को घोषणा नाटकिय ढंगले भयो र मिस कोलम्बियाले लगाएको मिस युनिभर्सको ताज एक मिनेट मै खोसियो। ‘मिस फिलिपिन्स’ पिया एलोन्जोलाई फस्ट रनरअप घोषणा गर्दै कोलम्बियाकी सुन्दरीलाई उद्घोषकले नयाँ ‘मिस यूनिभर्स’ घोषणा गरे ।

मिस यूएसए, मिस कोलम्बिया र मिस फिलिपिन्स उत्कृष्ट ३ मा थिए । तर, उद्घोषक स्टिभले आफूबाट गल्ती भएको भन्दै ‘मिस यूनिभर्स’को ताज कोलम्यिबाकी सुन्दरीले नभई फिलिपिन्सकी सुन्दरीले जितेको घोषणा गरे । यसपछि मिस फिलिपिन्स स्टेजमा आइन् र मिस कोलम्बियाकी सुन्दरीले लगाएको ताज उनलाई लगाइयो । कुल ८० देशका प्रतियोगीले मिस यूनिभर्स, २०१५को ताजको लागि प्रतिष्पर्दा गरेका थिए। सो प्रतियोगितामा अमेरिकाले भने सेकेन्ड रनर अपमा चित्त बुझाए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts