Saturday, December 19, 2015

कर्णेल लामाको मुद्दा टुंग्याइदिन परराष्ट्रमन्त्री थापाको आग्रह

काठमाडौं,पुष ५ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दा छिटो टुंगो लगाइदिन बेलायत सरकारलाई आग्रह गरेका छन् । बेलायतका लर्ड चान्सलर तथा कानुनमन्त्री माकल गोभलाई शुक्रबार विहान उनकै कार्यकक्षमा भेटी उनले उक्त अनुरोध गरेका हुन् ।

सन् २०१३ मा परिवार भेट्न बेलायत गएका बेला लामा समातिएका थिए । सन २००५ मा कपिलबस्तु र रुपन्देहीको सीमास्थित गोरुसिंगे ब्यारेक प्रमुख रहदाँ माओवादीे आरोपमा थुनिएका दुई बन्दीलाई यातना दिएको अभियोगमा उनी मुद्दा खेपिरहेका छन् ।कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts