काठमाडौं, पुष ५। विगत चार महिनादेखि तराईमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले करिब पाँच सय उद्योगसँग दैनिक हजारौं रुपैयाँ असुलेर उद्योग सञ्चालन गर्ने ‘अनुमति’ दिएको खुलासा भएको छ । उनीहरूले उद्योगको प्रकृति र क्षमता हेरेर प्रतिउद्योग दैनिक ५० हजार रुपैयाँसम्म असुलेका छन् ।
उनीहरूले उद्योगको कम्पाउन्डबाट मालवाहक गाडी निकाल्दा प्रतिगाडी तीन हजार रुपैयाँ लिने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
मुरारकाका अनुसार देशभर करिब पाँच सय उद्योग दैनिक रूपमा मोर्चालाई ‘कर’ तिरेर सञ्चालन गर्न बाध्य छन् । ‘हामीसित अरू कुनै विकल्प नै छैन’, मुरारकाले शनिबार भने, ‘अहिले देशमा समानान्तर अर्थतन्त्र सञ्चालन भइरहेको छ । यो देशका लागि घातक हो ।’
यस्तो संस्कृति विगतमा बिहारमा ‘रंगबाजी ट्याक्स’ रहेको र त्यो अब नेपालमा छिरेकोमा चिन्ता व्यक्त गर्दै मुरारकाले ब्ल्याकमा सामान किनेर उत्पादन गर्दा त्यसलाई हिसाबकिताबमा देखाउन मुस्किल परिरहेको बताए ।
‘एकातिर ब्ल्याकमा खरिद गरिएका इन्धनलगायत सामग्रीको लेखामा देखाउन मिलेन’, उनले भने, ‘महँगोमा किनेर उत्पादन गर्दा सामान पनि महँगो हुन्छ । अन्ततः त्यसको भार सर्वसाधारणमा परिरहेको छ । यसरी दैनिक उठाइएको पैसा कहाँ जान्छ, त्यो हामीलाई थाहा हुँदैन ।’
मुरारकाका अनुसार उद्योग चलाउन ‘समानान्तर सरकार’ लाई विश्वासमा नलिईकन असम्भव छ । ‘यो बाध्यता कुनै एकपटकका लागिमात्र होइन, तीनचार महिनादेखि यसरी नै चलिरहेको छ’, उनले भने ।
मुरारकाको भनाइलाई विद्युत् प्राधिकरणको तथ्यांकले पनि पुष्टि गरेको छ । भारतीय नाकाबन्दी र मोर्चाको आन्दोलनका बीच देशमा सबैजसो उद्योग सञ्चालनमात्र भएका छैनन्, अघिल्लो वर्षको तुलनामा तिनले अझ बढी बिजुली पनि खपत गरेका छन् ।
Saturday, December 19, 2015
मधेसमा चन्दा अातंक, ५ सय उद्योगसँग मोर्चाको असुली
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
No comments:
Post a Comment