Saturday, December 5, 2015

भूकम्पपीडितलाई बिनाधितो २ लाख ऋण

काठमाडौं,मंसिर २० । दोहोरो सुविधा लिन नपाउने अघिल्लो सरकारको निर्णय सच्याउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकरले भूकम्पपीडितलाई बिनाधितो दुई लाख रुपैयाँ ऋण दिने तयारी गरेको छ । दुई लाख रुपैयाँ सरकारी राहत पाउनेले सहुलियत ऋण नपाउने अघिल्लो सरकारको निर्णय सच्याउँदै नयाँ सरकारले दुई लाख राहत पाउने भूकम्पपीडितलाई थप दुई लाख सहुलियत ऋण बिनाधितो उपलब्ध गराउने तयारी गरेको हो ।

‘सामूहिक जमानीमा दुईदेखि ३ लाख सहुलियत ऋण सामूहिक जमानीमा उपलब्ध गराउने गृहकार्य हुँदैछ,’ पुननिर्माण प्राधिकरणको समेत जिम्मेवारी पाएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले भने,‘दुई लाख रुपैयाँको सरकारी मापदण्डको घर नबन्ने भएकाले सरकारले बिनाधितो सहुलियत ऋण उपलब्ध गराउन गृहकार्य थालेको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts