Thursday, December 3, 2015

असम्बन्धित व्यक्ति सरकारी खर्चमा पेरिस

काठमाडौं,मंसिर १८ । फ्रान्सको राजधानी पेरिसमा भइरहेको जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघीय विश्व सम्मेलन (कोप २१) मा भाग लिन मन्त्रीसहित सात सभासद् र केही कर्मचारी सरकारी कोषको रकम खर्चेर पेरिस जाँदैछन् । सरकारले जलवायु परिवर्तनबारे विज्ञता नै नभएका व्यक्तिलाई यस वर्ष पनि सम्मेलनका लागि छनोट गरेको हो ।

विज्ञान, प्रविधि, तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान १२ जना सरकारी टोलीको नेतृत्व गर्दै शनिबार पेरिस उड्दैछन् । मन्त्रालय स्रोतका अनुसार टोलीमा प्रधानमन्त्री कार्यालयका सचिव प्रेम राई तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीसमेत छन् ।

सभासद् जनकराज चौधरी, हरि उप्रेती, राधिका तामाङ, गणेशप्रसाद बिमली, रवनी चौधरी र रेशम लामा पनि मन्त्री पासवानसँगै पेरिस जाँदैछन् । सरकारी खर्चमा विदेशयात्रा नगर्ने सरकारी नीतिविपरीत वातावरण मन्त्रालयले यी सबै सभासद् र थप केही व्यक्तिका लागि टिकट बुक गरिसकेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा पिताम्बर सिग्देलले खबर लेखेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts