Thursday, December 17, 2015

चेल्सीका प्रशिक्षक माउरिन्हो बर्खास्त

काठमाडौं,पुष ३ । चेल्सीका प्रशिक्षक जोजे मौरिन्हो निलम्बित भएका छन्। जारी सिजनको प्रिमियर लिग फुटबलमा खराब प्रदर्शन गरेको चेल्सीका प्रशिक्षकलाई निलम्बित गरेको छ। १६ मध्ये ९ खेल हारेको चेल्सीले ४ खेल मात्रै जितेको अवस्थामा क्लब व्यवस्थापनले प्रशिक्षक मौरिन्होसँग सम्बन्ध तोडेको हो ।

अंक तालिकाको चेल्सी १६ औं स्थानमा छ। लिगमा रेलिगेशन क्षेत्रभन्दा एक अंकमात्रै माथि रहेको चेल्सी युएफा च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश गरेको छ। बिहीबार बसेको चेल्सीको बोर्ड निर्देशकहरुको विशेष वैठकपछि क्लवले जारी गरेको विज्ञप्तिमा प्रशिक्षक मौरिन्हो र चेल्सी फुटबल क्लव आपसी सहमतिमा सम्झौता तोडेको बताइएको छ। सन् २०१३ सेप्टेम्बरदेखि दोस्रो पटक चेल्सीको प्रशिक्षण सम्हालेका मौरिन्होले गत वर्ष क्लवलाई इंग्लीस प्रिमियर लिग फुटबलको उपाधि जिताएका थिए। यसपटक मौरिन्होको बर्खास्तीपछि अब नयाँ प्रशिक्षकको खोजी सुरु गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts