काठमाडौं,मंसिर २० । संविधानबारे रहेको भ्रम चिर्न भोलीदेखि सभासदहरुले राजधानी छोड्दै छन् । संविधान जारी भएको साढे दुई महिनापछि सरकारले यसमा रहेका विशेषताबारे नागरिकलाई जानकारी गराउने भएपछि जनताको संविधानःसंविधान जनताकै माझमा’ भन्ने अभियान सभासदहश्र जनतासामू जान लागेका हुन् । उक्त अभियानको विहान ८ बजेर ३० मिनेटमा प्रधानमन्त्रीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने जानकारी कमल थापाले दिएका छन् ।
एक महिने उक्त अभियानमा पूर्वप्रधानमन्त्री देखि सांसदहरु जिल्लामा जाने थापाले बताए । संविधानमा आफ्ना माग र अधिकार नसमेटिएको भन्दै तराई मधेशमा आन्दोलन जारी रहेका बेला सरकारले उक्त अभियान सुरु गर्न लागेको हो । संविधानप्रति भ्रम फैलाएकाले यसलाई चिर्न सरकारले उक्त अभियान सुरु गर्न लागेको हो ।
एक महिने अभियान ७५ जिल्ला, २ सय १७ नगरपालिका र ३ हजार १ सय ५७ वटै गाविसमा सञ्चालन हुनेछ । अभियान अन्तर्गत सदरमुकाममा प्रधानमन्त्री देखि मन्त्री सम्मको उपस्थितिमा कार्यक्रम गर्ने र जिल्ला देखि गाविसतह सम्म स्थानीय नेता कार्यकर्ताले यसको नेतृत्व गर्ने बताएका छन् ।
No comments:
Post a Comment