Sunday, December 6, 2015

बेष्ट रेमिट र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं,मंसिर २० । बेष्ट रेमिट नेपाल र मध्यपश्चिमाञ्चलको पोखरामा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सो सम्वन्धि सम्झौतापत्रमा बेष्ट रेमिटका तर्फबाट प्रबन्ध निर्देशक श्याम तामाङ र गरिमा बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।

यो सम्झौतासँगै अब विश्वका विभिन्न देशबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स गरिमा बिकास बैंकका २६ वटा शाखाबाट भुक्तानी लिन सकिने जनाइएको छ । विशेषगरी वैदेशिक रोजगारीमा धेरै नेपाली गएका कास्की, बाग्लुङ, पर्वत, नवलपरासी, स्याङजा, तनहु जस्ता क्षेत्रमा शाखा संजाल रहेको गरिमा विकास बैंकसँगको सम्झौताले त्यस भेगमा रहेका आफ्ना सेवाग्राहीहरुलाई थप सहजता मिल्ने विश्वास लिएको बेष्ट रेमिटका प्रबन्ध निर्देशक श्याम तामाङले बताए ।

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउन आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरि रेमिट्यान्स कारोवार बढाइरहेको जनाएको छ ।
गरिमा बिकास बैंकसँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका २५ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts