Thursday, December 10, 2015

‘ब्ल्याक मार्केट’मा पेट्रोलको भाउ घट्यो, अब प्रतिलिटर दुई सय

काठमाडौं,मंसिर २५ । बौद्धका सन्तोष रेग्मी बिहीबार निकै प्रसन्न देखिन्थे । नाकाबन्दीयता सँधैजसो प्रतिलिटर तीन सयदेखि तीन सय ५० रुपैयाँसम्म तिरेको पेट्रोल हालेर मोटरसाइकल गुडाएका उनले अहिले ब्याल्क मार्केटमा पनि दुई सय रुपैयाँमै पेट्रोल पाएका छन् । महँगो मूल्य तिरेर भए पनि पेट्रोल किन्नेपर्ने उनको बाध्यता छ । सानोभर्‍याङस्थित एक निजी कलेजमा होटल म्यानेजमेन्ट विषय पढाउने उनलाई बिहान ६ बजे कलेज पुगिसक्नुपर्छ ।

बौद्धदेखि सार्वजनिक यातायातमा बिहान ६ बजे नै सानोभर्‍याङ पुग्न निक्कै कठिन हुने भएपछि तीन सय ५० रुपैयाँ तिरेर लभए पनि काम चलाउँदै आएका उनलाई एकजना साथीले सोमबार दुई सय रुपैयाँमा पेट्रोल दिने ठाउँ बताइदिए । सोही अनुसार उनी बल्खुस्थित एक छाप्रोमा पुगे, जहाँ उलने साथी भनेअनुसार उनी बल्खुस्थित एक छाप्रोमा पुगे, जहाँ उनले साथीले भनेअनुसार नै प्रतिलिटर दुई सय रुपैयाँमै पेट्रोल फेला पारेको अन्नपूर्ण पोस्टमा खबर छ । ब्ल्याक कारोबारीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले भाउ घटेको हो । आन्दोलनरत मधेसी मोर्चाले नाकाबन्दी खुल्न सक्ने संकेत गरेका कारण पनि अबैध तरिकाले तेल भित्र्याएर भण्डारण गर्नेहरु डराएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts