Saturday, December 19, 2015

बलिउडबाट टाढिँदै प्रियंका चोपडा

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले बलिउडका फिल्म मन लगाउन छाडेकी छिन् । उनले नयाँ हिन्दी फिल्ममा ‘साइन’ नगरेको पनि थुप्रै भइसकेको छ । उनको अब रिलिज हुन बाँकी एउटा मात्रै फिल्म छ– जय गंगाजल । यसको सुटिङ केही महिनाअघि नै सकिसकेको छ । अचेल उनी खाली छिन् । अफर आएका फिल्मप्रति पनि उनले लगाब दिन छाडेको बलिउडकर्मीको दाबी छ ।

आखिर के चाहन्छिन् त प्रियंका रु के उनी बलिउडबाट अघाएकी हुन् त रु अचेल उनका बारेमा यस्तै चर्चा सुनिन्छ । खासमा हलिउडका फिल्मबाट अफर आउन थालेपछि बलिउडतिर ध्यान कम दिएको आरोप उनलाई लाग्न थालेको छ । पछिल्लो समय उनले हलिउडको टिभी सो क्वान्टिकोमा अभिनय गरेकी छिन् । त्यसपछि नै उनले हिन्दी फिल्मतिर ध्यान लगाउन छोडेकी हुन् । उनलाई हलिउडका फिल्मबाट अफर आएका छन्, तर मुख्य भूमिका भने पाएकी छैनन् । तर, उनी ती महत्त्वहीन रोलहरूप्रति खुसी छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts