काठमाडौं,मंसिर २४ । यस वर्ष एसएलसी परीक्षा दिने विद्यार्थीलाई शुक्रबारदेखि शिक्षा मन्त्रालयले रेडियो नेपालमार्फत पढाउने भएको छ । भूकम्प र तराई–मधेसको आन्दोलनलगायतका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको र कोर्स पूरा गर्न नसकेका विद्यार्थीलाई फोकस गरी रेडियोबाट एसएलसी सामग्री प्रसारण गर्न लागिएको हो ।
तीन विषयको कक्षा सञ्चालन
शैक्षिक जनशक्ति विकास केन्द्रले सामग्री तयार गरी पढाउनेछ । केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार सुरुमा रेडियो नेपालबाट साढे सात बजेदेखि १५ मिनेट एसएलसी कक्षा सञ्चालन हुनेछ । रेडियोबाट गणित, अंग्रेजी र विज्ञान पढाउने तयारी छ । लामो समय पढाइ अवरुद्ध भएका तराईका आठ जिल्लाका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गौतमको भनाइ छ । ती जिल्लाबाट ५६ हजार विद्यार्थीले एसएलसी दिँदै छन् ।
टेलिभिजनबाट पनि पढाइ हुने
टेलिभिजनबाट पनि कक्षा सञ्चालन गर्ने गरी एसएलसी सामग्री उत्पादन भइरहेको छ । केही समयपछि नेपाल टेलिभिजनबाट साढे पाँच बजेदेखि २५ मिनेट पढाउने तयारी छ । रेडियो र टेलिभिजनबाट प्रसारण भएका सामग्रीले खुला विद्यालयमा अध्ययन गर्ने देशभरबाट एसएलसी दिने विद्यार्थीलाई उपयोगी हुने मन्त्रालयको भनाइ छ । अघिल्ला वर्षमा चैतको पहिलो सातादेखि नै एलएलसी परीक्षा हुने गरेको थियो । तर, यसपालि केही समय ढिलो सुरु गर्ने र छिटो नतिजा निकाल्ने तयारी सरकारको रहेको नयाँ पत्रिकामा खबर छ ।
Wednesday, December 9, 2015
एसएलसीको तयारी कक्षा रेडियोबाट सञ्चालन हुने
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment