काठमाडौं,पुष १३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ ।
प्रहरीको लाठी प्रहारबाट घाइते भएका महताको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि आइतबार राती धरान लगिएको छ ।
विराटनगरको जोगबनीस्थित रानी भन्सार नाकामा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा महतो घाइते भएका थिए । टाउको र खुट्टामा चोट लागेका उनको श्वासप्रश्वासमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । अहिले महतोका धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
नाकामा अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरी हटाउने क्रममा महतोसहित पार्टी प्रवक्ता सन्तोष मेहता, नेता दिलिप धाडेवा, जनजाति नेता तेन्जिङ लामा लगायतका नेता कार्यकर्ता घाइते भएको पार्टीले जनाएको छ।
No comments:
Post a Comment